काठमाडौं उपत्यकामा थप ५४८ जनामा कोरोना पुष्टि
नेपालखोज
२०७७ मंसिर १४ गते १६:५१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा आज थप ५४८ जनामा कोरोना पुष्टि भएको छ ।
मन्त्रालयले दिएको जानकारीअनुसार आज काठमाडौंमा ४२२, भक्तपुरमा ६५ र ललितपुरमा ६१ संक्रमित थपिएका छन् । यससँगै काठमाडौंमा अब ८७ हजार २७८ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ७ हजार ८९० जना कोरोना संक्रमित छन् ।
ललितपुरमा १३ हजार १४९ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख ८ हजार ३१७ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया