बिहीबार, वैशाख १३, २०८१

बैंकिङ क्षेत्रमा विद्युतीय कारोवारको वृद्धि

नेपालखोज २०७७ मंसिर १४ गते २१:११

काठमाडौं । बिश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को महामारीका कारण बैंकिङ क्षेत्रमा बिद्युुतीय माध्यमबाट हुुने कारोवारको संख्या बढ्दै गएको छ । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधरणको विद्युतीय भूक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासको कारण पछिल्लो समय विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


गत असार महिना देखि असोजसम्म चार महिनाको अवधिमा मात्र एटिएम कार्ड प्रयोग गरी १७ अर्ब २२ करोड ६१ लाख रुपैयाँ नगद निकालिएको छ । यो रकम दुुई करोड दुुई लाख ५८ हजार छ सय ५७ पटक एटिम कार्ड प्रयोग गरी निकालिएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख गरिएको छ । राष्ट्र बैकका अनुसार कोभिड १९ को महामारीको मध्य समय अर्थात २०७७ असारमा ६३ लाख दुुई हजार आठ सय ४६ पटकको एटिएम कार्डको प्रयोग मार्फत पाँच अर्ब ४७ करोड ६३ लाख रुपैयाँ नगद निकालिएको छ । सो पश्चात अर्थात साउन महिनामा भने ४७ लाख ६९ हजार तीन सय ४० पटक एटिएम कार्ड प्रयोग गरी तीन अर्ब ८३ करोड ९३ लाख रुपैयाँ निकालिएको छ ।


राष्ट्र बैंकका अनुसार २०७७ भदौ महिनामा भने ३७ लाख ९७ हजार नौ सय ६९ पटकको एटिएम कार्डको प्रयोगबाट तीन अर्ब २३ करोड २० लाख रुपैयाँ निकालिएको छ । यही असोज महिनामा भने ५३ लाख ८८ हजार पाँच सय दुुई पटकको एटिएम कार्डको प्रयोग मार्फत चार अर्ब ६७ करोड ८५ लाख रुपैयाँ निकालिएको छ ।


एटिएम कार्ड प्रयोग गरी निकालिएको रकम ( कारोवार संंख्या, कारोवार संख्या लाखमा)

(श्रोत नेपाल राष्ट्र बैंक)

प्रतिक्रिया