शनिबार, माघ २६, २०८१

लक्ष्मी सस्टेनेवल ईनर्जी फन्डको पहिलो वार्षिक साधारण सम्पन्न

नेपालखोज २०८१ पुष २९ गते १६:४३

काठमाडौं । लक्ष्मी सस्टेनेवल ईनर्जी फन्डको पहिलो वार्षिक साधारण सम्पन्न भएको छ । लक्ष्मी सन्राइज बैंक, प्रायोजक र लक्ष्मी सन्राइज क्यापिटल, कोष व्यवस्थापक रहेको लक्ष्मी सस्टेनेवल इनर्जी फन्डले सोमबार पहिलो वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

Advertisement

नवीकरणीय ऊर्जा तथा दिगो विकासलाई टेवा दिई आर्थिक समृद्धिको लागि लगानी गर्ने उद्देश्य रहेको यस कोषले विभिन्न जलविद्युत तथा दिगो ऊर्जा क्षेत्रमा लगानी गरेको छ । 

लक्ष्मी सस्टनेवल इनर्जी फन्ड, नेपाल धितो पत्र बोर्डबाट इजाजत पत्र प्राप्त प्राइभेट इक्विटी कोषको आकार एक अर्ब रुपैयाँको रहेको छ । कोषमा संकलित रकमको ९० प्रतिशत रकम दिगो ऊर्जा क्षेत्रमा लगानीका लागि विनियोजन गरेको छ र १० प्रतिशत रकम अन्य विविध क्षेत्रमा लगानी गर्ने कोषको योजना रहेको छ । 

प्रतिक्रिया