शुक्रबार, वैशाख ७, २०८१

तीब्र उतारचढावकाबिच नेप्सेमा सामान्य बृद्धि, तीन अंकले बढ्दा सात अर्ब भन्दा बढीको सेयर किनबेच

नेपालखोज २०७७ मंसिर १६ गते १५:५७

काठमाडौं । साताको तेस्रो कारोवार दिन मंगलबार तीब्र उतारचढावकाबिच नेप्से सामान्य अंकले मात्र बढेको छ । नेप्से आज सुरुवाती चरणमा बढेको भएपनि मध्य समयमा भने घटेको थियो ।

सो पश्चात अन्तिम समयमा आएर नेप्से तीन दसमलव ३५ अंकले बढेर दुई हजार दसमलव ४० अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स भने एक दसमलव ७७ अंकले घटेर तीन सय ८३ दसमलव ७९ अंकमा पुगेको छ ।

एक सय ९७ वटा कम्पनीहरुको ६७ हजार तीन सय ५५ पटकको कारोवारमा एक करोड ८५ लाख ७६ हजार सात सय आठ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम सात अर्ब ४० करोड ४१ लाख ५४ हजार सात रुपैयाँ पुगेको छ । नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा सात वटा समुहको सुचक घटेर पाँच वटा समुहको सुचक बढेका छन् ।

तिमध्ये बाँणिज्य बैंक समुहको सुचक ४१ दशमलव ४३ अंकले घटेर १५ सय दशमलव ९४ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि ३४ अंंकले घटेर नौ हजार आठ सय ३४ दशमलव १८ अंकमा पुगेको छ ।

त्यसैगरी बिकास बैंक, ट्रेडिङ, होटल, फाईनान्स र सामुुहिक लगानी कोष समुहको सुचक घटेका छन् । जीवन बीमा समुहको सुचक भने आज दुुई सय १६ दशमलव ८३ अंकले बढेर १२ हजार दुुई सय ५६ दशमलव २२ अंकमा चढेकोमा जलबिद्युत, उत्पादनमुलक, अन्य र लघुबित्त समुहको सुचक पनि बढेका छन् ।

नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ दशमलव ९७ प्रतिसतले बढेर १५ सय ९९ रुपैयाँमा कारोवार हुंदा आज एभरेष्ट बैंकको संस्थापक सेयरतर्फ प्रतिकित्ता सेयर मुल्य नौ दशमलव २४ प्रतिशतले घटेर दुई सय ७५ रुपैयाँमा कारोवार भएको छ । आज नेपाल पुर्नबीमा कम्पनीको मात्रै एकैदिन प्रतिकित्ता १५ सय ९९ रुपैयाँ अन्तिम मुल्यमा ६५ करोड ७९ लाख ८८ हजार एक सय दुुई रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया