कोरोना अपडेट :थप १३०४ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमित संख्या १६ हजार ६ सय ३३ जना

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार तीन सय चार जनामा सङ्क्रमण पुष्टि भएको छ । आज देशभर आठ हजार पाँच सय ८३ जनाको नमुना परीक्षण गर्दा एक हजार तीन सय चार जनामा सङ्क्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार आज थप १ हजार ३ सय चार जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई लाख ३४ हजार सात सय ५६ पुगेको छ । हाल देशभर १६ हजार ६ सय ३३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । त्यस्तै ६ सय १६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ७३ जना निको भएर घर फर्किएका छन् । आज थप २ हजार ७३ जना डिस्चार्ज भएसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या दुई लाख १६ हजार पाँच सय ९४ पुगेको छ ।
त्यस्तै नेपालमा बितेको २४ घण्टामा थप २१ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । आज थप २१ जनाको मृत्युसँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल सङ्ख्या एक हजार पाँच सय २९ पुगेको छ ।

प्रतिक्रिया