विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या साढे १४ लाख नाघ्याे

नेपालखोज २०७७ मंसिर १७ गते ८:२८

काठमाडौं । विश्वभर कोरोनाका कारण ज्यान गुमाउनको संख्या साढे १४ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो अपडेट अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १४ लाख ६५ हजार १४४ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ७ हजार ८३७ काेराेना संक्रमितको मृत्यु भएको छ । भने, ४ लाख ५३ हजार १७० संक्रमित थपिएका छन् ।

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड २८ लाख ४४ हजार ८३७ पुगेको छ ।

प्रतिक्रिया