शुक्रबार, वैशाख १४, २०८१

आज नेकपा सचिवालय बैठक हुने, ओली सामेल नहुने सम्भावना प्रवल

नेपालखोज २०७७ मंसिर १७ गते ११:०१

काठमाडौँ । आफ्नो सहमति विपरी नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार सचिवालय बैठक बोलाएकाले आफू त्यसमा नजाने अडान पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले लिएका छन्।

ओली निकट एक उच्च तहका नेताका अनुसार मगंलबारकै बैठकमा ओलीले आफ्नो कार्यव्यवस्थता देखाउँदै बैठकमा सामेल नहुने अडान लिएका थिए।

तर प्रचण्डले बैठक छल्न नहुने भन्दै बुधबार १ बजेका लागि बैठक तय गरेको र बैठकपछि बाहिर आएर प्रचण्ड पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले त्यसैअनुसार पत्रकाहरुलाई ‘ब्रिफिङ’ गरेका थिए।

ओलीले मगंलबारको बैठकमा प्रचण्डलाई आफ्नो प्रस्ताव फिर्ता लिन र माफी माग्न आग्रह गरेका थिए। जवाफमा प्रचण्डले आफ्नो प्रस्ताव फिर्ता गर्नका लागि ल्याइएको नभई छलफल गर्न ल्याइएको अडान लिएका थिए।

प्रतिक्रिया