बिहीबार, चैत १५, २०८०

सरकारलाई कांग्रेस सभापति देउवाको चेतावनी

नेपालखोज २०७७ मंसिर १७ गते १९:४१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेकोमा विरोध जनाएका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले वर्तमान सरकारको अधिनायकवादी आकाङ्क्षाको जगमा भएको यो घटनाप्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभीष्टलाई पूरा हुन नदिन कांग्रेसले एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

पौडेललाई पक्राउ गरेको घटनाप्रति कांग्रेससहित विभिन्न दलका नेताले आपत्ति जनाएका छन् ।

प्रतिक्रिया