घरेलु मैदानमा आर्सनलको सहज जित
नेपालखोज
२०७७ मंसिर १९ गते १०:५९

युरोपा लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा आर्सनलले अष्ट्रियन क्लब ¥यापिट वियनामाथि ४–१ गोलको फराकिलो जित निकालेको हो ।
ईमिरेट्स स्टेडियममा आर्सनललाई जित दिलाउन खेलको १० औं मिनेटमा अलेक्जेन्ड्रे लाकाजेटले गोल गर्दै अग्रता दिलाए । पाब्लो मारीले १८ औं मिनेटमा घरेलु टोलीको अग्रता दोब्बर बनाए ।
खेलको ४४ औं मिनेटमा एडवर्ड निक्केयाले गोल गर्दै आर्सनललाई ३–० को अवस्थामा पुर्याए । खेलको ४७ औं मिनेटमा पाहुना वियना टोलीका लागि कोया कितागावाले एक गोल फर्काएका थिए ।
६६ औं मिनेटमा एमिल स्मिथ रोवेले गोल गर्दै आर्सनललाई ४–१ को सहज जित दिलाए । आर्सनलले युरोपा लिगमा शत प्रतिशत नतिजा सहित समूह चरणमा ५ खेलबाट १५ अंक जोडेको छ । समूहको तेस्रो अष्ट्रियन क्लबको ६ अंक छ ।
सम्बन्धित
प्रतिक्रिया