बिहीबार, चैत १५, २०८०

यू–२० एसियन कप छनोटमा नेपाल र चीन भिड्दै

नेपालखोज २०८० जेठ २५ गते ८:५०

काठमाडौं । म्यानमारमा जारी एएफसी यू(२० एसियन कप छनोटको दोस्रो चरणमा आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै छ ।

म्यानमारको थुवुन्ना स्टेडियममा नेपाल र चीनबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरुहुने छ । पहिलो खेलमा घरेलु टोली म्यानमारसँग ५-० ले पराजित भएको नेपाल आज पहिलो जित निकाल्ने प्रयासमा हुने छ ।

चीन भने लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रने छ । चीनले आफ्नो पहिलो खेलमा चाइनिज ताइपेइलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

समूह बीमा रहेको नेपाल अहिले अंकविहीन अवस्थामा रहेको टिम हो । नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार चाइनिज ताइपेइसँग खेल्ने छ ।

प्रतिक्रिया