शनिबार, असार ३०, २०८१

भारतद्वारा अष्ट्रेलिया पराजित

नेपालखोज २०७७ मंसिर १९ गते २१:०८

भारतले पहिलो ट्वान्टी–२० मा शुक्रबार अस्ट्रेलियालाई ११ रनले पराजित गरेको छ । यससँगै भारतले तीन ट्वान्टी–२० को शृंखलामा १–० को अग्रता पनि लिएको छ ।

टस हारेर पहिले ब्याटिङका लागि ओर्लेको भारतले २० ओभरमा सात विकेट गुमाएर १ सय ६१ रन बनायो । त्यसमा प्रारम्भिक ब्याट्सम्यान केएल राहुलले सर्वाधिक ५१ रन बनाए ।

त्यसयता रविन्द्र जडेजाले खेलको अन्त्यतिर ४४ रन बनाए । जवाफमा अस्ट्रेलियाले २० ओभरमा सात विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो । कप्तान एरोन फिन्चले बनाएको ३५ रनले नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । दोस्रो खेल आइतबार सिड्नीमा हुने छ ।

प्रतिक्रिया