सोमबार, असार ३२, २०८१

सेञ्चुरी बैंकको स्मार्ट टेलर संचालनमा

नेपालखोज २०७७ मंसिर २१ गते १९:१३

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आईतबारदेखि स्मार्ट टेलर संचालनमा ल्याएको छ । यस स्मार्ट टेलर संचालनबाट सेञ्चुरी पे मोवाईल एप्सबाट क्युु आर स्क्या्न गरी नगद झिक्न/निकाल्न सकिने छ ।

ग्राहकवर्गहरुको सेवाका लागि थप सुविधा विस्तार गर्ने उद्देश्यले स्मार्ट टेलर ल्याएको हो । हाल उक्त सेवा केन्द्रीय कार्यालय, काठमाण्डौको लागि मात्र लागु हुनेछ । निकट भविष्यमा उक्त सुविधा काठमाण्डौं उपत्यका लगायत उपत्यका बाहिर समेत लागु गरिने छ ।

यस सेवाबाट यस बैंकका ग्राहकवर्गले १ दिनमा कुल १ लाख रुपैंयासम्म नगद झिक्न सक्ने र १० लाख रुपैयाँसम्म मासिकरुपमा नगद झिक्न पाउने र सो को लागि चेकवा डेविट कार्ड आवश्यक नपर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया