तान्त्रिक शक्ति रहेको भन्दै अनलाईनमा भिडियो पोष्ट,अनलाईनबाटै ठगी

ललितपुर । झारफुुकको नाउँमा ठगी गर्ने दुुई व्यक्तिहरु प्रहरी फन्दमा परेका छन् । झारफुक र तान्त्रिक बिद्या रहेको भनी झुठा अफवाह फैलाई ठगी गर्न खोजेको अभियोगमा महानगरीय प्रहरी परिसर ललितपुरले दुुई जना व्यक्तिहरुलाई पक्राउ गरेको हो ।
महानरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरिक्षक प्रज्वल मर्हजनका अनुसार पक्राउ पर्नेहरुमा मकवानपुर मनहरी गा.पा. वडा नं. ७ ज्यामिरे घर भई काठमाण्डौ जिल्ला मिलनचोक वस्ने वर्ष ४५ को जिवन प्रजा र ओखलढुंगा सिद्धिचरण न.पा. वडा नं. १२ घर भई काठमाण्डौ जिल्ला धुम्वराई वस्ने वर्ष ४३ को जय गिरी रहेका छन् । प्रवक्ता मर्हजनका अनुसार यही मंसिर २० गते शनिवार साँझको समयमा ललितपुरको ल.पु.म.न.पा. वडा नं. १० कुपण्डोलवाट ति व्यक्तिहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुले विगत दुुई महिना पहिले देखि धामी झाँक्रीले प्रयोग गर्ने थुरमीमा तान्त्रिक शक्ति रहेको भनि सामाजिक सञ्जालमा भिडियो पोष्ट गरी सर्वसाधारण मानिसहरूमा भ्रम फैलाई लोभलालचमा पारी ठगी गर्न खोजेको प्रवक्ता मर्हजनले बताएका छन् । पक्राउ परेका दुुबै व्यक्तिहरु उपर अहिले थप अनुसन्धान भईरहेको छ, प्रवक्ता मर्हजनले भने ।








प्रतिक्रिया