सगरमाथाको नयाँ उचाइ सार्वजनिक : नयाँ उचाइ ८८४८.८६ मिटर
नेपालखोज
२०७७ मंसिर २३ गते १४:२०

काठमाडौं । सगरमाथाको नयाँ उचाइ सार्वजनिक भएको छ । नेपालले आफ्नै स्रोतसाधन प्रयोग गरी उत्ता लगाएको सगरमाथाको उचाइ ८,८४८.८६ मिटर रहेको नयाँ तथ्य सार्वजनिक गरेको छ ।
यो नयाँ उचाइ हिउँसहितको भएको नेपाल र चीनले गरेको संयुक्त घोषणा कार्यक्रममा जानकारी गराइएको हो । आज नेपाल र चीनले संयुक्तरुपमा सगरमाथाको उचाइ घोषणा गरेका हुन् । आज सार्वजनिक भएको सगरमाथाको उचाइ यसअघिको उचाइभन्दा ८६ सेन्टिमिटरले बढी हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेका हुन् ।
यसअघि सन् १९५४ मा भारतको डिपार्टमेन्ट अफ सर्बेले लिएको उचाइ ८,८४८ मिटरलाई नेपालले मान्यता दिएको थियो । चीनले भने आफैँले मापन गरेको उचाइ ८,८४४ मिटर दाबी गर्दै आएको छ ।
सम्बन्धित








प्रतिक्रिया