सोमबार, असार ३२, २०८१

नेपालबाट इजरायलमा केयर गिभर लैजाने तयारी

नेपालखोज २०७७ मंसिर २३ गते १५:२६

काठमाडौं । इजरायलले आगामी महिनादेखि नेपालबाट केयर गिभर (हेरचाह कामदार) लैजाने प्रक्रिया शुरु गर्ने भएको छ । नेपालका लागि इजरायली राजदूत हनान गोडरले आगामी महिनादेखि केयर गिभरका लागि कामदार लैजाने प्रक्रिया शुरु गर्ने बताएका हुन् ।

आज न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै राजदूत गोडरले यस्तो बताएका हुन् । नेपालबाट इजरायलको नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्र लगायतमा नेपाली केयर गिभर लैजाने सम्बन्धमा गत असोजमा सम्झौता भइसकेको छ । सम्झौतापत्रमा असोज १४ गते इजरायलका लागि नेपालकी राजदूत अन्जान शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच श्रम सम्झौता भएको थियो ।

सोही सम्झौतालाई कार्यान्वयन गर्दै आगामी महिनादेखि कामदार छनोटको प्रक्रिया शुरु गरिने राजदूत गोडरले बताए । सम्झौता कार्यान्वयनमा आएपछि नेपालबाट धेरै संख्यामा कामदारहरु जानसक्ने पनि राजदूत गोडरले बताए ।

प्रतिक्रिया