ओलम्पिक कमिटीको महिला आयोग गठन
नेपालखोज
२०७७ मंसिर २४ गते १८:०७

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)अन्तर्गत वुमन्स कमिसन (महिला आयोग) गठन भएको छ । एनओसीले बुधबार ज्योति राणाको अध्यक्षतमा ११ सदस्यीय कमिटी गठन गरेको हो ।
अध्यक्ष राणाले दोस्रो कार्यकाल पनि कमिसनको नेतृत्व गर्न लागेकी हुन् ।
कमिसनको अन्य सदस्यमा बिमला पौडेल, हेल्गा राणा रायमाझी, नन्दा बस्याल, प्रमिला सिंह श्रेष्ठ, प्रतिमा शाह, रेणुका सिटौला, सुधा शाक्य, सुनकेशरी माली, पेमा लामा डोल्मा र गीता श्रेष्ठ छन् ।
वुमन्स कमिसनले महिला खेलाडीको हक हितका लागि आवाज उठाउने बताए । महिला खेलाडीप्रति हुने यौन दुर्व्यवहार र छाउ प्रथाबारे आफुहरुले जनचेतनामूलक कार्यक्रम गर्ने अध्यक्ष राणाले बताइन् ।
सम्बन्धित
प्रतिक्रिया