गौतम बुद्ध कपको टोली सार्वजनिक

काठमाडौं । बागमती प्रदेश क्रिकेट संघको आयोजना र भरतपुर महानगरको प्रायोजनमा सञ्चालनमा हुने गौतम बुद्ध कपको खेल तालिका र तीन टोलीमा रहने खेलाडीको नाम सार्वजनिक भएको छ ।
प्रतियोगिताका खेलहरु मंसिर २७ देखि ३० सम्म भरतपुरको चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनद्वारा जनस्तरमा निर्माण भइरहेको रहेको गौतम बुद्ध क्रिकेट रंगशालाको नमुना मैदानमा आयोजना हुने छ । सबै खेल ५० ओभरको हुने छ । प्रतियोगितामा वाग्मती टोली, नारायणी टोली र राप्ती टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।
बाग्मतीको कप्तानी राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले गर्ने छन् । नारायणीको राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले गर्ने छन् । राप्तीको कप्तानी विकेटकिपर विनोद भण्डारीले गर्ने छन् ।
प्रतियोगिताका लागि छनोट गरिएका खेलाडीहरुको १ दिनपहिले पिसिआर परिक्षण हुनेछ। उनीहरुको रिपोर्ट आएपछि मात्र टिममा सामेल हुनेछन। प्रतियोगिता आयोजनाको लागि भरतपुर महानगरपालिका र बाग्मती प्रदेश क्रिकेट संघबीच पहिलो चरणको सम्झौता सम्पन्न भएको छ। जसअनुसार पहिलो चरणमा भरतपुर महानगरपालिकाले १० लाख रुपैयाँ उपलब्ध गराउनेछ। प्रतियोगिता गर्न कुल २५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताबाट बचेको रकम गौतमबुद्व अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला निर्माणको लागि खर्च गरिनेछ।
टिम र खेलाडीहरुको नामाबली

प्रतिक्रिया