मंगलबार, साउन १, २०८१

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

नेपालखोज २०७७ मंसिर २५ गते ९:३९

काठमाडौं । गत बुधबार वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँबाट प्रहरीले हिरासतमा लिएपछि प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारविरुद्ध आक्रामक बनेको छ ।

सोही घटनापछि सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको कांग्रेसले बिहीबारका लागि पदाधिकारी बैठक बोलाएको छ ।

नेपाली कांग्रेसको सो रणनीतिक बैठक कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने भएको हो ।

आगामी २९ गतेका लागि आयोजना गरेको विरोधसभाका लागि कांग्रेसले ७७ जिल्लालाई सर्कुलर जारी गरिसकेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार भोलिको बैठकले एकीकृत विरोध प्रदर्शनका लागि केन्द्रबाट प्रतिनिधि पठाउने कि नपठाउने भन्ने विषयमा निर्णय गर्नेछ ।

पौडेलमाथि भएको दुर्व्यवहारलगायत सरकारका विभिन्न गलत कार्यशैलीप्रति देशव्यापी प्रदर्शन गर्न लागेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

प्रतिक्रिया