इंग्लिस प्रिमियर लिग : वेस्ट ह्यामको पुनरागमन जित

नेपालखोज २०७७ मंसिर २७ गते ९:२२

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामले पुनरागमन जित निकालेको छ । एक गोलले पछि परेको अवस्थामा वेस्ट ह्यामले लिड्स युनाइटेडलाई उसकै मैदानमा २–१ ले हराउँदै पुनरागमन जित निकालेको हो ।इल लान्ड रोड लिड्समा गएराति भएको खेलमा घरेलु टोलीले खेलको छैठौँ मिनेटमा पेनाल्टी गोलबाट अग्रता लिएको थियो । २५ औं मिनेटमा टोमास सौसेकले जारोड बोवेनको पासमा गोल गर्दै वेस्ट ह्यामलाई १–१ गोलको बराबरीमा ल्याए ।

८० औं मिनेटमा एन्जेलो ओग्वोन्नाले आरोन क्रेसवेलको पासमा गोल गर्दै वेस्ट ह्यामलाई २–१ को अग्रता दिलाए । सोही गोल नै निर्णायक पनि बन्यो । यो जितसँगै वेस्ट ह्याम १२ खेलबाट २० अंक जोडेर लिगको पाँचौ स्थानमा उक्लिएको छ । पराजित लिड्स १४ अंकसहित १४औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया