कलंकी दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुग्यो, ६ घाइतेको उपचार जारी

नेपालखोज २०७७ मंसिर २७ गते १२:४६

काठमाडौं । काठमाडौंको कलंकीमा शुक्रबार बेलुकी मालबाहक ट्रकको ब्रेक फेल हुँदा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ। थानकोटबाट कलंकीतर्फ आउँदै गरेको प्रदेश २–०३००१ ख १४२० नम्बरको ट्रक ब्रेक फेल हुँदा भएको दुर्घटनामा सप्तरीका २६ वर्षीय रञ्जितकुमार चौधरी र ओखलढुंगाका ३० वर्षीय शंकर परियारको मृत्यु भएको छ।

परियारको घटनास्थलमै र चौधरीको कंलकीस्थित शहीद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। दुर्घटनामा घाईते भएका ६ जनाको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

ब्रेक फेल भएको ट्रकले एकैपटक पाँचवटा सवारी साधनलाइ ठक्कर दिएको थियो। ठक्करबाट दुईवटा मोटरसाइकल, एउटा ट्याक्सी, पिकअप भ्यान र स्कुटरमा क्षति पुगेको छ।

प्रतिक्रिया