आइतबार, पुष ६, २०८२

नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु

नेपालखोज २०७७ मंसिर २८ गते १३:४४

काठमाडौं । त्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक केही बेरअघि बालुवाटारमा सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका छन्। यो बैठकमा नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनप्रति शोक मनाएर बैठक स्थगित गर्ने कार्यसूची तोकिएको छ ।

सात दिनअघि २१ गते बसेको बैठकले सहमति खोजीका लागि भन्दै आइतबारसम्म बैठक स्थगित गर्ने निर्णय गरे पनि यसबीचमा सहमतिको लागि खासै पहल हुन सकेको छैन् । अझ यसबीचमा दुवै पक्षका नेता कार्यकर्ता गुटगत भेलामा सहभागी हुँदै आएका छन् ।

दुवै अध्यक्षले प्रस्तुत गरेको प्रस्तावमा कार्यसूची बनाएर छलफल गर्ने वा दुवैबाट साझा प्रतिवेदन बनाउने भन्नेमा अनौपचारिक छलफल भने भइरहेको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया