कोरोना अपडेट : २४ घण्टामा ८३० संक्रमित थप, ९ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८३० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा आज थप ८ सय ३० जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ ।
सक्रिय संक्रमितको संख्या १० हजार ९९४ रहेको छ । मन्त्रालयका अनुसार १० हजार ९९४ जना आइसोलेसनमा छन् । नेपालमा हालसम्म कुल १८ लाख ३१ हजार ४१ पीसीआर परीक्षण गरिएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ सय संक्रमित कोरोना संक्रमण मुक्त भएका छन् । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १ हजार ५ सय जना उपचार पछि निको भएसँगै नेपालमा कोरोना संक्रमण भइ निको हुनेको संख्या २ लाख ३५ हजार ७३१ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज थप ९ जना संक्रमित उपचार पछि डिस्चार्ज भएसँग कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ६९८ पुगेको छ ।








प्रतिक्रिया