सप्तरीमा माछा मार्ने विवादमा झडप, एक जनाको मृत्यु
नेपालखोज
२०७७ मंसिर २९ गते १३:४८
सप्तरी । माछा मार्ने क्रममा भएको विवाद बढेर झडप हुँदा सप्तरीमा आइतबार राति एक महिलाको मृत्यु भएको छ । बोदे बर्साइन नगरपालिका–३ की ४५ वर्षीया गंगादेवी मण्डलको मृत्यु भएको हो । उक्त घटनामा संलग्न चार जनालाई भने प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ५० वर्षीय शिव सरण मण्डल, ४७ वर्षीय बिजय मण्डल, २२ वर्षीय सुरेन्द्र मण्डल र २८ वर्षीय रबित मण्डल रहेका छन् । कुटपिटबाट घाइते भएका चार जनाको नर्सिङहोम लहान सिरहामा उपचार भइरहेको छ ।
कुटपिटमा संलग्न हाल फरार तीन जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी पनि समाचार कक्षले दिएको छ ।
सम्बन्धित








प्रतिक्रिया