आइतबार, पुष ६, २०८२

चोरीका मोटरसाइकल सहित काठमाडाैंबाट चार जना पक्राउ

नेपालखोज २०७७ मंसिर २९ गते १४:०७

काठमाडौं । उपत्यकामा मोटरसाईकल चोरीका घटना बढ्दै जाँदा चोरीका मोटरसाईकल सहित चार जना पक्राउ परेकाछन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बष्रिठ उपरीक्षक जनक भट्टराईका अनुसार चोरीका मोटरसाइकल सहित चार जना व्यक्तिहरु पक्राउ परेका हुन् ।

महाशाखा प्रमुख भट्टराईका अनुसार २०७६ माघ १० गते नैकाप काठमाडौंबाट बा ९४ प ४४६९ नम्बरको मोटरसाईकल हराएको भनि जिल्ला काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नं. १३ वस्ने पुर्ण राउतले महानगरीय ट्राफिक महशाखामा हुलिया सहितको निवेदन दिएका थिए । सो पश्चात महाशाखाबाट सादा पोशाकको प्रहरीले नयाँबसपार्क सडक खण्डमा चेक जाँच गर्ने क्रममा नम्बर प्लेट परिवर्तन गरि चलाएको पल्सर १५० सिसिको बा ८९ प १७७६ नम्बरको मोटरसाईकल र उक्त मोटरसाईकलको वास्तविक नम्बर बा ९४ प ४४६९ रहेको हुदाँ मोटरसाईकल सहित सिन्धुलीको हरिहरपुरगढि गाँउपालिका वडा नं ६ क्यानखोला घर भई हाल काठमाडौको कपन बस्ने वर्ष २१ को प्रकाश तामाङ, सिन्धुली कै तिनपाटन गाँउपालिका वडा नं ५ भिमस्थान घर भई हाल काठमाडौ कपन बस्ने वर्ष ३२ को अम्मर तामाङ र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं ८ घर भई हाल काठमाडौ कपन बस्ने वर्ष २० को सुरेश तामाङ रहेको निजहरुलाई पक्राउ गरी थप अनुसन्धान एवं आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी बृत्त थानकोट काठमाडौं पठाएको महाशाखा प्रमुख भट्टराईले बताएका छन् ।

यसैगरी २०७६ जेठ २७ गते बा ९६ प ५४९४ नम्वरको मोटरसाईकल जिल्ला काठमाडौं बालुवाटारबाट हराएको भनि बालुवाटार बस्ने दिपक खड्काले खोज तलासको लागि हुलिया सहितको निवेदन महानगरीय ट्राफिक प्रहरी महाशाखाको पिडित सहायता ईकाइमा दिएकोमा महाशाखाको पिडित सहायता ईकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले उपत्यकाको भद्रकाली स्थित सडक खण्डमा शंका लागि चेकजाँचको गर्ने क्रममा बा ९० प ७३८६ नम्वरको कालो रातो रंगको यामाहा एसजेड आर मोटरसाईकल चेक गर्दा वास्तविक नंम्बर बा ९६ प ५४९४ भनि खुल्न आएको र उक्त मोटरसाईकलको साथमा ओखलढुङ्गा चम्पादेवी गाउँपालिका वडा नं ६ घर भई हाल काठमाडौं बालुवाटार बस्ने वर्ष ३३ को भोला थापालाई सवारी साधन सहित पक्राउ गरी थप अनुसन्धान एवं आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी बृत्त मालिगाउँ काठमाडौं पठाएको महाशाखा प्रमुख भट्टराईले बताएका छन् ।

बिशेषगरी काठमाण्डौका सार्वजनिक स्थल र एकान्तमा पार्किङ्ग गरि राखिएका मोटरसाईकलहरु चोरी हुने गरेको तथ्याङ्कबाट देखिएको छ । सवारी साधन चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लकको प्रयोग गर्न, आलराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनि ढुक्क नपर्न र एकै छिन हो भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न समेत महाशाखा प्रमुख भट्टराईले आग्रह गरेका छन् ।

प्रतिक्रिया