सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्य भने स्थिर
नेपालखोज
२०७७ मंसिर ३० गते ११:५२

काठमाडौं । मंगलवार पनि नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमवार एक सय रुपैयाँले घटेको सुनको मूल्य मंगलवार पनि एक सय रुपैयाँले नै ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला एक सय रुपैयाँले घटेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ८५० रुपैयाँमा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला ९१ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, मंगलवार पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमवार चाँदी प्रतितोला एक हजार २०० रुयैयाँमा कारोबार भएको थियो । मंगलवार पनि चाँदी एक हजार २०० रुपैयाँमा नै कारोबार भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया