नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ३६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर आज थप ९ सय ३६ जनामो संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख ५० हजार १ सय ८० पुगेको छ । हाल देशभर ९ हजार आठ सय ८१ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् भने चार सय ५७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा सात हजार एक सय १७ जनाको पीसीआर परीक्षण भएको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप एक हजार नौ सय ९६ जना सङ्क्रमणमुक्त भइ डिस्चार्ज भएका छन् । आज थप एक हजार नौ सय ९६ जना सङ्क्रमणमुक्त भएसँगै नेपालमा कोरोना जित्नेको संख्या दुई लाख ३८ हजार पाँच सय ६९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार सात सय ३० पुगेको छ ।








प्रतिक्रिया