शुक्रबार, पुष ४, २०८२

संवैधानिक परिषद् बैठकमा अनुपस्थितिबारे सभामुखको प्रस्टीकरण

नेपालखोज २०७७ मंसिर ३० गते १९:५५

काठमाडौं । संवैधानिक परिषद् बैठकमा अनुपस्थितिबारे सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले प्रस्टीकरण दिएको छ।

मंसिर २८ र ३० गते प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् बैठक डाकेका थिए। दुबै बैठकमा उनी अनुपस्थित थिए । उनी सहभागी नभएपछि बैठक स्थगित गरिएको थियो। यही विषयलाई लिएर उनको सचिवालयले प्रस्टीकरण दिएको हो।

‘मंसिर २८ गते संघीय संसद सेवा दिवस २०७७ को पूर्वनिर्धारित कार्यक्रम अन्तरगत बिहान ८ः३० बजे संघीय संसद, सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठक स्वयम् सभामुखले अध्यक्षता गरेकाले उपस्थित हुन नसकेको यसअघि नै जानकारी गराइ सकिएको छ।

स्मरण रहोस्, त्यस दिन बिहान ९ बजे परिषद् बैठकमा उपस्थितिका लागि पत्राचार गरिएको थियो’, सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। त्यसैगरी आज बस्ने भनिएको बैठकमा पनि उनले प्रधानमन्त्रीसँग पूर्वतयारी, गृहकार्य नभएको जानकारी गराएका थिए।

प्रतिक्रिया