सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादी थापा पक्राउ

काठमाडौ । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादी गोपालबहादुर थापालाई पक्राउ गरेको छ ।
सिआईबीका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेकाअनुसार फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित प्रहरी टोलीले श्रम तथा रोजगार प्रबर्द्धन विभागको पत्र जाहेरीले बादी नेपाल सरकार प्रतिबादी गोपालबहादुर थापा भएको सरकारी छाप दस्तखत कीर्ते मुद्दामा प्रतिवादी थापालाई पक्राउ गरेको हो ।
प्रहरी उपरीक्षक पाण्डेकाअनुसार सम्मानित सर्वोच्च अदालतको २०७६ मंसिर ११ गतेको फैसलाले थापा उपर एक बर्ष कैद र ३६ लाख रुपैयाँ जरिवाना ठहर भएको थियो । सो पश्चात सजाय वेरुजू रही फरार रहेका प्रतिवादी थापालाई काठमाडौंको का.म.न.पा. वडा नं.४ धुम्बाराहीबाट लुकिछिपी बसिरहेको अवस्थामा बिहिबार पक्राउ गरिएको हो ।
पक्राउ परेका प्रतिवादी थापालाई फैसला कार्यान्वयनका लागि आज शुुक्रबार काठमाडौं जिल्ला अदालत बबरमहल काठमाडौंमा पेश गरिएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिएका छन् ।








प्रतिक्रिया