मंगलबार, पुष १, २०८२

औषधि खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष

नेपालखोज २०७७ पुष ३ गते १५:२६

काठमाडौं । संसद्को‌ सार्वजनिक लेखा समितिले औषधि खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकालेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई शुक्रबार बोलाएर समितिले छलफल गरेको थियो ।

समितिले औषधि खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकाल्दै कारबाही प्रक्रिया थाल्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय पनि गरेको छ । यसअघि समितिको बैठकमा स्वास्थ्यमन्त्री ढकालले ओम्नी समूहलाई राज्यकोषबाट एक पैसा पनि नदिइएको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले छलफलका लागि बोलाइएका मन्त्री ढकालले ओम्नीलाई एक पैसा नदिइएको र ओम्नीको धरौटीसमेत जफत गरी राज्यकोषमा दाखिला गरेको ढकालले बताए । उनले आफ्नो नियत खराब नभएको भन्दै अनियमितितामा संलग्नलाई कारबाहीका लागि आफ्नो पनि साथ रहने बताए ।

त्यस्तै औषधि खरिद अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो प्रक्रियामा संलग्न कर्मचारीहरूसँग सोधपुछ गर्ने काम भइरहेको पनि मन्त्री ढकालले जानकारी दिए ।

प्रतिक्रिया