संसद विघटन गर्ने सिफारिस फिर्ता हुनुपर्छ : पौडेल
नेपालखोज
२०७७ पुष ५ गते ११:५६
काठमाडौं । कांग्रेस वरिष्ठ नेता पौडेल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले संसद विघटन गर्न गरेको सिफारिस विघटन हुनुपर्ने बताएका छन् ।
उनले मुुलुक र लोकतन्त्रलाई अस्थिरता र संकटतर्फ धकेल्दै सरकारले लिएको यस्तो गैरलोकतान्त्रिक कदमको घोर भत्र्सना गरेका छन् ।
‘मन्त्रीपरिषदबाट संसद विघटनको सिफारिस भएको सूचना प्राप्त भएको छ, यो संविधान विपरीत छ, लोकतन्त्रको मर्म विपरीत छ, र राष्ट्रहीत विपरीत छ । अहिलेको संविधान अनुरुप विघटन गर्न मिल्ने प्रावधान छैन, र राष्ट्रपतिले यसलाई स्वीकार गर्नहुँदैन,’ नेता पौडेलले ट्वीट गर्दै लेखेका छन्, ‘यो फिर्ता गर्नु पर्दछ ।’
सम्बन्धित








प्रतिक्रिया