सोमबार, पुष ७, २०८२

वैशाख अन्तिम साता मध्यावधि चुनाव गर्न प्रस्ताव

नेपालखोज २०७७ पुष ५ गते १३:२५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाखको अन्तिम साता मध्यावधि निर्वाचन गर्न प्रस्ताव गरेका छन्।

संसद विघटनका लागि मन्त्रिपरिषदको सिफारिससँगै निर्वाचनको मितिसमेत तोकेर प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गएका थिए।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले वैशाख २९ गते चुनाव गर्ने मिति राखेका छन्। निर्वाचनको मिति तोकिएको भए पनि आधिकारिक मिति सार्वजनिक नभएको बताइएको छ ।

स्रोतका अनुसार वैशाख २३ र २९ चुनाव गर्नेबारे छलफल भएको थियो।

प्रतिक्रिया