संवैधानिक निकायका रिक्त सबै पदमा सिफारिस (नामावलीसहित)

काठमाडौं । संवैधानिक आयोगहरुमा रिक्त रहेको ४५ पदमै मन्त्रिपरिषद्ले सिफारिस गरेको छ । स्रोतकाअनुसार मंसिर ३० गते बसेको मनित्रपरिषद् बैठकले रिक्त सबै पदमा सिफारिस गरेको हो । उच्च स्रोतकाअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रिक्त पदमा प्रेमकुमार राई, जयबहादुर चन्द र किशोर सिलवालको नाम सिफारिस गरिएको छ ।
त्यस्तै निर्वाचन आयोगमा रामप्रसाद भण्डारी र डा. जानकी तुलाधरलाई सिफारिस गरिएको छ । त्यस्तै मानवअधिकार आयोगको अध्यक्षमा टपबहादुर मगरलाई सिफारिस गरिएको छ भने सदस्यमा मनोज दुवाडी, डा. सूर्य ढुंगेल, लिली बस्नेत थापा, मिही ठाकुर, वित्त आयोगको सदस्यमा जुद्द गुरुङ र अमरराज मिश्रलाई नियुक्तिका लागि सिफारिस गरिएको छ ।
त्यस्तै राष्ट्रिय महिला आयोगको अध्यक्षमा कमलाकुमारी पराजुली, सदस्यमा किष्ण कुमारी पौडेल खतिवडा, बित्ताकुमारी सिन्हा, दलित आयोगको अध्यक्षमा देवराज विक दाङ अध्यक्षमा सिफारिस गरिएको छ । त्यस्तै सदस्यमा मीना सोव, परशुराम रम्तेल, टुन्ज बराइली, मेधेली पार्की, समावेशी आयोगको अध्यक्षमा मनप्रसाद खत्री, आयुक्तमा रामचन्द्र जोशी, हरिदत्त जोशी, जितेन्द्र पासवानलाई सिफारिस गरिएको छ ।
त्यस्तै आदिवासी आयोग रामबहादुर थापा अध्यक्षमा, सदस्यमा मीन श्रीष मगर गुल्मी, मिनचुङ लामा, रिना राना स्याङजा र शरण राईलाई सिफासिर गरिएको छ । भने मधेसी आयोगमा सदस्य जीवछ साहलाई सिफारिस गरिएको छ । सदस्यमा रेणुदेवी साह, विजय गुप्ता, थारु आयोगमा विकास चौधरी र भोलाराम चौधरीलाई सिफारिस गरिएको छ ।
मुस्लिम आयोगको सदस्यमा मोहम्मद अलि र मिर्जा अरसद बेगलाई सिफारिस गरिएको छ । मंसिर ३० गते नै केही नाम सिफारिस गरिएको भएपनि नामावलीका बारेमा भने जानकारी नभएको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिए ।








प्रतिक्रिया