प्रधानमन्त्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै सात मन्त्रीले दिए सामूहिक राजीनामा
नेपालखोज
२०७७ पुष ५ गते १६:४४

काठमाडौं । संसद् विघटन गर्ने प्रधानमन्त्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सिंहदरबारभित्रको कृषि समितिको हलमा कार्यक्रम गरेर उनीहरूले राजीनामा दिएका हुन् ।
प्रधानमन्त्रीको कदमप्रति असन्तुष्टि जनाउँदै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणि पोख्रेल, वनमन्त्री शक्ति बस्नेत, संस्कृति पर्यटन तथा नागरिकमन्त्री योगेश भट्टराई, खानेपानी तथा सरसफाइ मन्त्री विना मगर, श्रममन्त्री रामेश्वर राय र कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले राजीनामा दिएका हुन् ।
सम्बन्धित








प्रतिक्रिया