ओलीलाई कारबाही गर्ने स्थायी कमिटीको निर्णय
नेपालखोज
२०७७ पुष ५ गते १८:४६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ ।
बालुवाटारमा आज बसेको बैठकले ओलीले लोकतन्त्रविरोधी र निरङ्कुश कदम चालेकाले उनलाई कारबाही गर्ने निर्णय गरेको कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।
ओलीलाई कारबाही गर्ने निर्णय ७ गते बस्ने केन्द्रीय समितिको बैठकमा पेस गरिने पनि उनले जानकारी दिएकी छन् । १० गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक ७ गतेलाई बोलाइएको छ ।
त्यस्तै पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटीको सदस्यमा नियुक्त गर्ने पनि बैठकले निर्णय गरेको छ ।
सम्बन्धित








प्रतिक्रिया