सोमबार, पुष ७, २०८२

तराईका जिल्लामा तत्काल शीतलहरको सम्भावना

नेपालखोज २०७७ पुष ६ गते ८:४१

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार तराईका जिल्लामा अहिले बाक्लो हुस्सु कुहिरो लागेको छ । तर, यो बसस्तारै हट्दै दिउँसोको समयमा घाम लाग्ने मौसमविद्ले बताएका छन् ।

महाशाखाकाअनुसार बिहान लागेको बाक्लो हुस्सु दिउँसोको समयमा हटेर जानेछ । जसका कारण तराईका जिल्लामा तत्काल शीतलहरको सम्भावना नभएको महाशाखाले जनाएको छ । तर हुस्सु र कुहिरोका कारण चिसो भने बढ्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । पश्चिमी वायुको प्रभावका कारण पश्चिमका केही क्षेत्रको मौसम आज बद्ली हुने अनुमान छ ।

त्यस्तै, उच्च पहाडी तथा हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन् । काठमाण्डौ उपत्यकामा अहिले हुस्सु लागे पनि बिस्तारै हट्दै जाने र घाम लाग्ने मौसमविद्ले बताएका छन् । काठमाण्डौको आजको न्यूनतम तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । भने अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया