बुधबार, पुष २, २०८२

संसद भवनमा प्रचण्ड–नेपाल पक्षको भेला : वामदेव र बादल अनुपस्थित

नेपालखोज २०७७ पुष ६ गते १५:३८

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले संसद् भवनस्थित नयाँ बानेश्वरमा आयोजना गरेको सांसदहरूको बैठकमा उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अनुपस्थित भएका छन् ।

भेलाको मञ्चमा राखिएका दुईवटा कुर्सी खालीसमेत देखिन्छ ।

उपाध्यक्ष गौतम प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा आयोजना गरेको सांसदहरूको बैठकमा पनि अनुपस्थित थिए ।

गृहमन्त्री बादल भने सो भेलामा केहीबेर सहभागी भएर बाहिरिएका थिए ।

गौतम केन्द्रीय सचिवालयका पाँच शीर्ष नेताहरूको छलफलमा सहभागी हुँदै आए पनि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको कदम चालेपछि दुवैतिरको भेला र बैठकमा सहभागी भएका छैनन् ।

भेला चलिरहेको मञ्चमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र राष्ट्रिय सभामा संसदीय दलका नेता दीनानाथ शर्मा सहभागी छन् ।

प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभाका करिब ९५ सांसदहरू आफ्नो पक्षमा रहेको दाबी गर्दै आएको छ ।

प्रतिक्रिया