बुधबार, पुष २, २०८२

कांग्रेस पार्टी कार्यालयमा सर्वदलीय बैठक सुरु

नेपालखोज २०७७ पुष ६ गते १७:५२

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक सुरु भएको छ । बैठकमा नेकपा र जनता समाजवादी पार्टीका नेताहरू सहभागी छन् ।

बैठकमा कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेता सहभागी छन् । नेकपाका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, वर्षमान पुन, नारायणकाजी श्रेष्ठलगायतका नेताहरू छन् । जसपाबाट महन्थ ठाकुर, शरदसिंह भण्डारीलगायत छन् ।

कांग्रेस सभापति देउवाले बोलाएको बैठकमा संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमका बारे छलफल हुने र विरोध कार्यक्रम तय हुनेछ ।

आइतबार नै कांग्रेस, नेकपाको दाहाल-नेपाल समूह तथा जसपाका नेताहरूले अनौपचारिक छलफल गरेर संयुक्त विरोध कार्यक्रम गर्ने तय गरेका थिए ।

प्रतिक्रिया