बुधबार, पुष २, २०८२

संसद विघटनविरुद्ध नौ विद्यार्थी संगठनले आन्दोलन गर्ने

नेपालखोज २०७७ पुष ७ गते १२:५१

काठमाडौं । नौ विद्यार्थी संगठनहरुले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै विरोध जनाएका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ)को संयोजनमा आज बसेको नौ विद्यार्थी संगठनहरुको संयुक्त बैठकले संविधानको रक्षाका लागि सहकार्य गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा नेविसंघ अध्यक्ष राजीव ढुंगाना, अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङ, राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष मनिष मिश्र, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल छैटौंका अध्यक्ष विमल पोखरेल, अखिल पाँचौका अध्यक्ष घनश्याम मिश्र, विप्लव निकट अखिल ९क्रान्तिकारी०का अध्यक्ष चिरञ्जिवी ढकाल, गोपाल किराँती सम्बद्ध अखिल ९क्रान्तिकारी०का महासचिव सुन्दर रायमाझी र अखिल नेपाली विद्यार्थी युनियनका सचिवालय सदस्य मनिष भट्टराई सहभागी थिए ।

बैठकले संसद विघटनविरुद्ध देशभर प्रतिरोध आन्दोलन गर्न सबै युवा विद्यार्थीहरुलाई आह्वानसमेत गरेको छ ।

प्रतिक्रिया