नबिल बैकद्धारा ३५ दसमलव २६ प्रतिशत लाभांस वितरणको घोषणा
काठमाडौं । नबिल बैकले कर सहितको कुल ३५ दसमलव २६ प्रतिशत लाभांस बितरण गर्ने घोषणा गरेको छ । बैंकको पुुस ६ गते सम्पन्न संचालक समितिको बैठकले आ.व. २०७६/७७ को मुनाफा मध्येबाट शेयरधनीहरुलाई कर सहितको कुल ३५ दसमलव २६ प्रतिशत लाभांश (३३ दसमलव पाँच प्रतिशत बोनश शेयर अर्थात १०० कित्ता बराबर ३३ दसमलव पाँच कित्ता तथा कर प्रयोजनको निमित्त एक दसमलव ७६ प्रतिशत नगद लाभांश) वितरण गर्ने निर्णय गरेको छ ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी ३६ औं वार्षिक साधारण सभाको स्वीकृति पश्चात् आवश्यक प्रक्रिया पुरा गरी बैंकका शेयरधनीहरूलाई वितरण गरिने छ ।
बैंकले आ.व. २०७६÷७७ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा तीन अर्ब ४६ करोड हासिल गर्न सफल भएको छ । बैंकले जेथामा प्रतिफल १३ दमसलव ६१ प्रतिशत र प्रति शेयर आम्दानी ३६ रुपैयाँ १६ पैसा हासिल गरी आफ्नो वासलात विस्तार गर्दै दुुई खर्ब ३८ अर्ब पु¥याएको छ ।
प्रतिक्रिया