बुधबार, पुष २, २०८२

संसदीय दलको नेता भएपछि प्रचण्डले भने, जिम्मेवारी चुनौतीपूर्ण

नेपालखोज २०७७ पुष ८ गते १६:०२

काडमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संसदीय दलको नेता भएपछि आफूले चुनौतीपूर्ण जिम्मेवारी पाएको बताएका छन् ।

ओलीलाई कारबाही गर्दै छुट्टै केन्द्रीय समिति गठन गरेर माधव नेपाललाई अध्यक्ष बनाएको समूहका तर्फबाट अध्यक्ष दाहाल संसदीय दलको नेता चयन भएका हुन् ।

‘‘संसदीय दलको नेता सर्वसम्मत चयन भएको छु, पक्कै पनि यो ठूलो जिम्मेवारी हो र अत्यन्तै चुनौतीपूर्ण समयमा मैले यो जिम्मेवारी पाएको छु,’’ नेता चयन भएपछि दाहालले भने, ‘‘मेरो कोसिस नेपाली जनताले लामो समय देखि संघर्षबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र, समावेसी लोकतन्त्र र यो प्रतिनिधिसभालाई जिवन्त राख्नेमा हुने छ ।’’

उनले नेपाली जनताको विश्वास लिन सबै राजनीतिक दलसँग सहकार्य गर्दै सबै सांसदहरुको विश्वास लिएर राष्ट्रहितमा कामगर्ने प्रतिबद्धता व्यक्त गरे ।

संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर सबै राजनीतिक दलसँग सहकार्य गर्नु र सबैसँग इमान्दारितापूर्वक सहकार्य गर्दै त्यही एकताको बलमा प्रतिनिधिसभालाई जीवित बनाउन आफू लागि पर्ने बताए । “सबै दलसँग सहकार्य गर्दै विश्वास लिएर संसदलाई जीवित राखेर जनताको पक्षमा काम गर्छौं,” उनले भने, “नयाँ सरकार गठन गर्नेतिर ध्यान जान्छ ।”

प्रतिक्रिया