झारफुक गर्ने बहानामा बलात्कार गर्ने धामी पक्राउ

नेपालखोज २०७७ पुष ९ गते १२:५८

काठमाडौं । झारफुक गर्ने बहानामा बलात्कार गर्ने व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार ३९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शंखरापुर नगरपालिका ६ सलम्बुटार बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका २ हैबुङ बस्ने ४६ वर्षीय भिम बहादुर सुनारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भिमले ती महिलालाई झारफुक गर्ने बहानामा बोलाई सलम्बुटारस्थित टहरोमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया