शुक्रबार, वैशाख ७, २०८१

अभिनेता रजनीकान्त अस्पताल भर्ना

नेपालखोज २०७७ पुष १० गते १४:५७

बलिउड सुपरस्टार रजनीकान्त अस्पताल भर्ना भएका छन् । उच्‍च रक्तचापका कारण उनलाई हैदरावादस्थित अपोलो अस्पताल पुर्‍याइएको हो । अस्पतालले विज्ञप्ती जारी गर्दै उक्त जानकारी दिएको छ। जसमा उनलाई रक्तचाप बाहेक अन्य समस्या नदेखिएको उल्लेख गरिएको छ ।

रजनीकान्त १० दिनयता फिल्म ‘अन्नाथ्थे’ छायाँकनका लागि हैदरावादमा थिए । छायाँकनमै संलग्न चार मानिसमा कोभिड-१९ संक्रमण देखिएपछि रजनीकान्तको पनि डिसेम्बर २२ मा परीक्षण गरिएको थियो । उनमा संक्रमण पुष्टि भएन । तर पनि उनी आइसोलेसनमा रहेका थिए । शुक्रवार बिहान भने स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको इन्डियन एक्सप्रेसले जनाएको छ ।

महामारीकै कारण अन्नाथ्थेको छायाँकन प्रभावित थियो । डिसेम्बरमा मात्र फिल्म युनिट फ्लोरमा निस्किएको थियो । फिल्मलाई शिवाले लेखन तथा निर्देशन गरेका छन् । अन्य कलाकार खुश्बु, मीना, प्रकाश राज, सतिश र सुरीको अभिनय रहेको छ ।

प्रतिक्रिया