मोटरसाईकल चोरी गर्ने दुई व्यक्ति ललितपुरबाट पक्राउ
नेपालखोज
२०७७ पुष १० गते १६:२०

काठमाडौ । मोटरसाईकल चोरी गर्ने दुईजना व्यक्ति ललितपुरबाट पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मोटरसाईकल चोरी गर्ने दुई जनालाई विहीबार ललितपुर लगनखेलबाट पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिएका छन् ।
रामेछापको मन्थली नगरपालिका वडा नं. १२ घर भएका २५ बर्षिय रामशरण मिजार र १९ बर्षिय सुवास मिजारलाई चोरी गरेको बा ८१ प ५२७५ कालो रङको पल्सर २२० सी.सी.मोटरसाईकलसहित पक्राउ गरिएको महाशाखा प्रमुख भट्टराईले बताए ।
काठमाडौं कपनबाट हराएको भनि अभिषेक ढकालले बिसं २०७४ असोज नौ गते महाशाखामा उजुरी दिएका थिए । उक्त निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बौद्ध पठाईएको महाशाखा प्रमुख भट्टराईले बताएका छन् ।
सम्बन्धित








प्रतिक्रिया