‘हुवावे आइसिटी अवार्ड­–२०२०’ को ग्राण्ड फिनाले सुरु

नेपालखोज २०७७ पुष ११ गते १५:०४

काठमाडौं । ‘हुवावे आइसिटी अवार्ड­–२०२०’ को ग्राण्ड फिनाले सुरु भएको छ ।

सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रुपमा परिचित आइसिटी अवार्डको पाँचौं संस्करणको ग्राण्ड फिनाले होटल सोल्टी क्राउन प्लाजामा सुरु भएको छ ।

अवार्ड बिजेताहरुले विशेष सम्मान, सिल्ड लगायतका पुरस्कारहरु पाउनेछन् ।

हुवावे आइसिटी अवार्ड २०२० मा रहेका विधाहरुमा स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड र एनसेल इन्नोभेसन आइसिटी अवार्डका विधाहरुमा विभिन्न चरणको छनौट पश्चात उत्कृष्ट ५ को घोषणा भएको छ ।

डिजिटल एजुकेशन र डिजिटल गभर्नेन्स आइसिटी अवार्डमा उत्कृष्ट ३ को घोषणा भएको छ । यसैगरी पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड र मिडिया पर्सन आएसिटी अवार्ड २०२० को विजेताहरु भने आज केही बेरमा नै घोषणा हुने आयोजकले बताएको छ ।

प्रतिक्रिया