‘हुवावे आइसिटी अवार्ड–२०२०’ सम्पन्न : १२ विधामा अवार्ड प्रदान

काठमाडौँ । नेपालको सूचना प्रविधि क्षेत्रको निकै प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको पाँचौं संस्करणको ग्राण्ड फिनाले शनिवार होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न भएको छ। लिभिङ विथ आइसिटीको आयोजनामा सम्पन्न ह्वावे आइसिटी अवार्ड २०२० लाई अन्तराष्ट्रिय दूरसञ्चार तथा सूचना प्रविधि ब्राण्ड ह्वावेले प्रस्तुत गरेको छ।
ह्वावे आइसिटी अवार्ड २०२० मा विभिन्न ११ विधा र जुरी मेन्सन सहित १२ प्रतिस्प्रधिलाई अवार्ड प्रदान गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ, मन्त्रालयका सचिव हरि बस्याल, पूर्वमन्त्री गणेश शाह, योजना आयोकका सदस्य डा राम कुमार फुयाल र हुवावे नेपालका सिइयो ज्याङ जियोजिङ लगायतले विजेतालाई अवार्ड प्रदान गरेका थिए।
अवार्ड कार्यक्रममा सम्वोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकारले प्रविधि क्षेत्रका विज्ञहरुको रोष्टर बनाएर विहृतरुपमा प्रविधिको विस्तार र डिजिटल नेपालको अभियानलाई सफल बनाउन चाहेको बताए।
अब सूचना प्रविधिले राजनीति सफा गर्नुपर्ने बेला आएको भन्दै अवार्डले नेपाली इन्नोभेसन देखि सरकारीसस्थााई समेत अगाडी बढ्न प्रोत्साहन गरेको मन्त्री गुरुङको भनाई थियो । यसैगरी सचिव हरि बस्यालले ह्वावे जस्ता विश्वप्रसिद्ध कम्पनीहरुसँगको सहकार्य र लगानीले डिजिटल नेपालको सपना पुराहुनसक्ने बताए ।
पुर्वमन्त्री गणेश शाह, योजना आयोगका सदस्य रामकुमार फुयाल र ह्वावेका सिइयो ज्याङपनि सम्वोधन गरेका थिए । ह्वावेका सिइयो ज्याङले नेपाललाई अन्तराष्ट्रिय स्तरमा प्रतिस्प्रधि र बलियो बनाउन सरकारसँग सहकार्य गरेर काम गर्न चाहेको बताए ।

ह्वावे आइसिटी अवार्ड २०२० मा विभिन्न ११ नियमित विधाहरूमा अवार्ड प्रदान गरिँदै आएकोमा यस पटक एक विधा थप गरेर जुरी मेन्सन आइसिटी अवार्ड २०२० पनि प्रदान गरिनेछ । ह्वावे आइसिटी अवार्ड २०२० का लागि यस वर्ष ३५० बढीको अनलाइन नोमिनेशन प्राप्त भएको थियो भने जुरी सल्लाहकारबाट पनि नोमिनेशन गरिएको थियो । ह्वावे आइसिटी अवार्ड २०२० मा १४ जना जुरी र सोही बराबर जुरी सल्लाहकार रहेका थिए ।
ह्वावे आइसिटी अवार्ड २०२० मा रहेका विधाहरूमा स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड र एनसेल इन्नोभेसन आइसिटी अवार्डका विधाहरूमा विभिन्न चरणको छनौट पश्चात उत्कृष्ट ५ को घोषणा गरिएको थियो । डिजिटल एजुकेशन र डिजिटल गभर्नेन्स आइसिटी अवार्डमा उत्कृष्ट ३ को घोषणा भएको छ।
यसैगरी पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड र मिडिया पर्सन आइसिटी अवार्ड २०२० को विजेताको पनि घोषणा गरिएको छ।
सोहि उत्कृष्टहरु मध्येबाट ग्राण्ड फिनालेमा सर्वोकृष्ट अवार्ड बिजेताहरुको घोषणा गरिएको हो।
कसले कुन विधामा कुन अवार्ड पाए ?
१)स्टार्टअप आइसिटी अवार्ड– क्रिप्टोजेन नेपाल प्रालि
२)प्रडक्ट आइसिटी अवार्ड– सीपीएफडिएस
३)राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड – सन्चै छौं
४)एनसेल इन्नोभेसन ड्रिभन क्राइसिस आइसिटी अवार्ड– पाइला इमरजेन्सी रिस्ससिटिएटर
५)डिजिटल एजुकेशन अवार्ड– बुढानिलकण्ठ स्कूल
६)डिजिटल गभर्नेन्स आइसिटी अवार्ड– आन्तरिक राजस्व विभाग
७)पायोनियर आइसिटी अवार्ड– निलकण्ठ उप्रेती
८)आन्टरप्रेनर आइसिटी अवार्ड– विनय बोहरा
९)नेपाली डायस्पोरा आइसिटी अवार्ड– गौरभ राज उपाध्याय
१०)वुमन आइकन आइसिटी अवार्ड–तिमिला यमी थापा
११)मिडिया पर्सन आइसिटी अवार्ड– किरण आचार्य (कारोबार दैनिक)
१२)जुरी मेन्सन आइसिटी अवार्ड– हाम्रो स्वास्थ्य

विजेताहरु मध्ये कोही अधिक प्रशंसा र पुरस्कारको हकदार थिए । क्राइप्टोजेन नेपाल प्रा. लि. ले धेरै कम्पनीहरूमा साइबर सुरक्षा सुसज्जित गरी सूचना सुरक्षामा काम गरेर स्टार्टअप आईसीटी अवार्ड जितेका थिए । सीपीएफडीएसले एन्टि मनी लाउन्डरिंग सोलुसनको लागि प्रोडक्ट आईसीटी पुरस्कारको शीर्षक हात पारेको थियो । नेपालमा १८ वटा बैंकिङ र वित्तीय संस्थाले यो सोलुसन प्रयोग गर्दै आएको थियो । “सन्चै छौ” ले दैनिक जीवनशैली सुधार्न स्वास्थ्य परामर्श सम्बन्धी अनुप्रयोग विकास गरेर राइजिंग स्टुडेन्ट अवार्ड जीतेको थियो । पाइला इमर्जेन्सी रीससिटेटरलाई कोभिड–१९ को अव्यवस्थाको क्रममा अस्पतालहरूमा क्रिटिकल भ्यान्टिलेटरहरू प्रदान गरेर नेपाली बजारमा इनोभेसन ल्याएकोले एनसेल इनोभेसन ड्रिभेन क्राइसिस रेस्पन्स अवार्ड प्रदान गरिएको थियो ।
यस वर्ष वुमन आईसीटी अवार्ड एक नयाँ थपिएको बिधा थियो जुन प्राध्यापक तिमिला यामी थापालाई प्रदान गरिएको थियो । उहाँले सरकारलाई शिक्षामा लगानी गर्न र ऋण दिन अनुरोध गर्नुभयो र आईसीटीको महत्वमा पनि ध्यान केन्द्रित गरी रु. १ को लगानीले करोडौंको आम्दानी हुने बताए ।
यस कार्यक्रमको एक प्रमुख प्रायोजकको रूपमा ह्वावेले अतिथि र सहभागीहरुबाट राम्रो राय प्राप्त गर्याे । गणेश शाहले ह्वावेलाई ग्लोबल अग्रणी आईसीटी सोलुसन प्रदायक मात्र नभई २० वर्ष भन्दा बढी समयदेखि नेपालको आईसीटी क्षेत्रमा दिदै आएको योगदानको लागि पनि सराहना गरे । हरि बस्यालले ह्वावेलाई यस्तो कार्यक्रम आयोजना गरेकोमा पनि धन्यवाद दिएका थिए । जसले आईसीटी क्षेत्रको सुधार गर्ने प्रविधि निमार्ण गर्ने तर्फ बाटो देखाउँदछ । यस कार्यक्रम र नेपालको आईसीटी क्षेत्रलाई समर्थन गरेकोमा र जिम्मेवार कर्पोरेट नागरिक भएकाले माननीय मन्त्री पर्वत गुरुङद्वारा ह्वावे नेपाललाई विशेष टोकन प्रदान गरिएको थियो । हुवावे नेपालका सीईओ विलियम झाङ्गले आईसीटी अवार्डसंग मिलेर काम गर्न पाउँदाको खुशी पनि व्यक्त गरे । उनले भने कि ह्वावे विश्वको अग्रणी टेक कम्पनी भएर आईसीटी क्षेत्रमा सबैभन्दा राम्राको सम्मान गर्न र नेपालको टेक क्षेत्रलाई सुदृढ गर्न पाउँदा खुसी लागेको छ । उहाँले विश्वका विभिन्न देशहरूमा आईसीटी क्षेत्र विकास गर्दाकोे ह्वावेको अनुभव पनि व्यक्त गरे । साथै, उनले सबै आईसीटी सरोकारवालाहरुसँग नेपालमा डिजिटल ल्याउने र डिजिटल संसारबाट नेपालमा सबैलाई फाइदा पुर्याउने हुवावे नेपालको प्रतिबद्धता व्यक्त गरेका थिए ।

पुरस्कार विजेताहरूले के पाउँछन् :
हुवावे आईसीटी अवार्ड २०२० का विजेताहरूले विशेष सम्मान, शिल्ड र थप प्राप्त गर्नेछन् । यस बर्ष स्टार्टअप आईसीटी अवार्ड, प्रोडक्ट आईसीटी अवार्ड, राइजिंग स्टुडेन्ट आईसीटी अवार्ड र इनोभेशन ड्रीभेन क्राइसिस रेस्पन्स आईसीटी अवार्ड २०२० को विजेतालाई नेपाल सरकारको स्टार्टअप कोष अन्तर्गत रु. ५० लाखको सहुलियत ऋण सुविधा प्रदान गरिने छ ।
बैंकिंग साझेदार राष्ट्रिय वाणिज्य बैंकले रु. १० लाख सम्म अनाधिकृत सहुलियत ऋण सुविधा प्रदान गर्नेछ । इनोभेशन ड्रीभेन क्राइसिस रेस्पान्स आईसीटी अवार्डका विजेताले एनसेल मार्फत विशेष नगद पुरस्कार (३००,०००) प्राप्त गर्नेछन् ।

एसोसिएसनमा रहेको नेपाल टेलिकमले एक बर्षका लागि सबै विजेताहरूलाई उच्च स्पीडको “फाइबर टु द होम” सेवा प्रदान गर्ने छ । हुवावे नेपाल – शीर्ष प्रायोजकले टप ५लाई निःशुल्क क्लाउड सेवाहरु प्रदान गर्नेछ र जेनेस सोलुसन्सले ५,००० डलर मूल्यको अमेजन वेब होस्टिंग सेवा विजेताहरुलाई प्रदान गर्नेछ । इ–सेवाले उनीहरूको व्यवसाय एकीकरण र प्रमोशनमा निःशुल्क सहयोग गर्नेछ । साइबर सुरक्षा पार्टनर एमिनेन्स वाइजले साइबरसुरक्षाको लागि आवश्यक सर्पोट प्याकेजहरू प्रदान गर्नेछ । थप रूपमा विजेताले अन्य सेवा र सुविधाहरू पनि प्राप्त गर्नेछ ।
ह्वावे सबै विजेताहरूलाई बधाई दिदै, आईसीटी अवार्डको टीमलाई आईसीटी क्षेत्रलाई प्रोत्साहित गर्न मिलेर काम गरेकोमा धन्यवाद ज्ञापन गर्न चाहन्छ ।


प्रतिक्रिया