बिहीबार, पुष ३, २०८२

काेराेना भाइरसको नयाँ स्टेज बेलायत सहित अन्य देशमा पनि फैलियो

नेपालखोज २०७७ पुष १२ गते ८:२७

काठमाडौं। बेलायतमा फेला परेको कोरोना भाइरसको नयाँ प्रकार अन्य देशहरूमा पनि देखा पर्न थालेको छ। यससँगै जापान र फ्रान्स पछि, शनिबार स्पेनमा बिरामीहरू भेटिन थालेका छन्। यद्यपि तिनीहरूको अवस्था भने गम्भीर छैन।

अधिकारीहरूकाे अनुसार याे नयाँ स्टेज स्पेनमा पहिलो पटक फेला परेको हो। यो चाँडै फैलन्छ तर यसले गम्भीर समस्याहरू निम्त्याउँदैन।

यसैबीच हालसम्म विश्वभरमा कोरोना भाइरस संक्रमितको संख्या ८ करोड २ लाख पुगेको छ। ती ५ करोड ६५ लाख भन्दा धेरै उपचारपछि निको छन्। हालसम्म १७ लाख ५९ हजार भन्दा धेरैको मृत्यु भएको छ।

प्रतिक्रिया