प्रहरीको हत्या गर्ने तस्कर समूहका मुख्य योजनाकार पक्राउ
नेपालखोज
२०७७ पुष १३ गते १३:४९

काठमाडौँ । कैलालीको जुगेडामा दुई जना प्रहरीको हत्या गर्ने तस्कर समूहका मुख्य योजनाकार पक्राउ परेका छन् ।
कैलाली प्रहरीले आइतबार राती धनगढी उपमहानगरपालिका-१० का ३४ वर्षीय सुकबहादुर भन्ने अमर रानालाई पक्राउ गरेको हो । घटनालगत्तै उनी भारततर्फ लागेका थिए ।
जुगेडास्थित अस्थायी प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरिक्षक गोविन्द विक र जवान रामबहादुर साउद गस्ती गर्नेक्रममा गत कात्तिक १ गते राति बेपत्ता भएका थिए । भोलिपल्ट स्थानीय मोहना नदीमा उनीहरुको शव भेटिएको थियो ।
घटनामा संलग्न भएको आरोपमा यसअघि नै ९ जना पक्राउ परेका थिए । तीमध्ये ८ जना पुर्पक्षका लागि थुनामा छन् भने एकजना धरौटीमा छुटेका थिए ।
सम्बन्धित
प्रतिक्रिया