संसदको सवालमा अदालतको निर्णय नै मान्य हुन्छ : देउवा

भक्तपुर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदको सवालमा अदालतको निर्णय नै मान्य हुने बताएका छन् ।
भक्तपुरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै देउवाले सरकारको कदमविरुद्ध अदालतमा मुद्दा विचाराधीन भएको र हामी त्यसबारे आउने जस्तोसुकै निर्णय पनि मान्न तयार भएको बताएका हुन् । ‘अदालत स्वतन्त्र निकाय नेपाली काँग्रेसले मान्दै आएको छ यसै कारण काँग्रेस अदालतबाट पक्ष विपक्षमा जस्तो निर्णय आएपनि मान्न तयार छ उनले बताए ।
‘हामी अदालतलाई यस्तै निर्णय गर्नुपर्छ भन्दै सडकमा उत्रेर तर्साउने र धम्क्याउन भने आएका हाइनौँ’, उनले भने । नेपाली काँग्रेसले संसद विगठनको विरोधमा देशभर आन्दोलन भने चलाउने बताउँदै उनले कांग्रेस ओलीको कदमप्रति विरोधमा भएको तर उनको कदमको विषयमा आफूहरु भन्दा पनि अदालतले बोल्ने बताए ।
संसद पुनस्थापना हुनुपर्छ वा निर्वाचनमा जानु नै ठिक, दुवै पक्ष नै नलिई उनले अदालतको हातमा नै सवै जिम्मा लगाउँदै आफ्नो मन्तब्य सकेका थिए । उनले ओलीको कदम देशघाती भएको बताउँदै अदालतले जे निर्णय गर्यो आफू र काँग्रेस मान्न तयार भएको बताएका थिए ।
विरोध सभामा जिल्ला सभापति दुर्लभ थापा क्षेत्रीय सभापति जीवन खत्री, नारायण खायमली लगायतका वक्ताले बोलेका थिए ।

प्रतिक्रिया