पूर्ब प्रधानमन्त्री खनाल र चिनिया प्रतिनिधिमण्डलबिच भेटवार्ता

नेपालखोज २०७७ पुष १३ गते १८:४१

काठमाडौं । पूर्ब प्रधानमन्त्री झलनाथ खनाल र चिनिया प्रतिनिधिमण्डलबिच भेटवार्ता भएको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री खनालसँग चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ, महानिर्देशक छुई यानसहित चार सदस्य प्रतिनिधि मण्डलले उनको,निजी निवास डल्लुमा सोमबार मैत्रीपूर्ण भेटवार्ता गरेका हुुन ।

करिब एक घण्टा भएको कुराकानीमा दुई पार्टी र दुई देशका बिचका संबन्धहरलाई अझ राम्रो, सुदृढ गर्ने बारेमा छलफल भएको थियो । प्रतिनिधिमण्डलले पूर्बप्रधानमन्त्री खनाल सँग नेपालको बर्तमान परिस्थितिकोे बारेमा जिज्ञासा राखेको कुरा उनका स्वकिय सचिब कृष्ण भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया