शुक्रबार, पुष ४, २०८२

प्रहरीलाई नै झुक्याएर २ करोड असुल्ने प्रहरीकै फन्दामा

नेपालखोज २०७७ पुष १४ गते १३:३४

काठमाडौं । नेपाल प्रहरीको लत्ता कपडा खरिदमा ठगी गरेको आरोपमा दुई ठेकेदार प्रकाउ परेका छन् । पक्राउ पर्नेमा ठेकेदार पीताम्बर कुमार मुन्का र नरेन्द्रनाथ पौडेल छन् । प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले ठगी सम्बन्धी कसूरमा संलग्न मुन्कालाई वीरगञ्ज र पौडेललाई काठमाडौंबाट पक्राउ गरेको हो । मुन्का क्राउन टेक्सटाइल्स कम्पनीका सञ्चालक हुन् भने पौडेल प्रतिनिधि हुन् ।

सिआईबीका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी उपरीक्षक वेल बहादुर पाण्डेका अनुसार ठगी गरेको अभियोगमा चितवन माडी–८ घर भई काठमाडौं–२९ घट्टेकुलो बस्ने ४६ वर्षीय नरेन्द्र नाथ पौडेल र क्राउन टेक्सटाईल्स ईण्डष्ट्रिज प्रालि वीरगंजका संचालक पर्सा वीरगंज–५ बस्ने ५५ वर्षीय पिताम्बर कुमार मुन्कालाई पक्राउ गरिएको हो ।

नेपाल प्रहरीलाई आवश्यक उलन पाईन्टको कपडा २० हजार मीटर खरिद गर्न आ.व. २०७३–०७४ सालमा बोलपत्र आव्हान गरिएकोमा प्राप्त बोलपत्रमध्ये न्यूनतम मूल्यांकित बोलपत्रदाता क्राउन टेक्सटाईल्स ईण्डष्ट्रिज प्रालि बहुअरी, वीरगंजबाट प्रति मिटरको १ हजार ८२ रुपैयाँका दरले २० हजार मिटरको मूल्य अभिवृद्धि कर बाहेकमा दुई करोड १६ लाख ४० हजार रुपैयाँमा खरिद गर्ने निर्णय भएको थियो, प्रवक्ता पाण्डेले भने ।

उक्त फर्म र प्रहरी प्रधान कार्यालय प्रबन्ध निर्देशनालय नक्साल काठमाडौंबीच भएको सम्झौता बमोजिम आपूर्ति भएको सामानको गुणस्तर परीक्षण गर्ने क्रममा प्रहरी प्रधान कार्यालय प्रबन्ध निर्देशनालयबाट सम्बन्धित आपूर्तिकर्ता फर्म क्राउन टेक्सटाईल्स ईण्डष्ट्रिज प्रालिका प्रतिनिधि नरेन्द्रलाई रोहवरमा राखी नमूना निकाली परीक्षण गर्न २०७७ साउन ३० गते एसजिएस चेन्नाई ईन्डिया पठाएपछि साउन ३२ गते नरेन्द्रले पुनः नेपाल प्रहरी संगठनको नाम, जिम्मेवार अधिकृतको नाम, मोबाईल नम्बर तथा ईमेल ठेगाना समेत उल्लेख गरी डिएचएल मार्फत् सोही ल्यावमा आफूखुसी दोश्रो नमूना पठाई प्रहरी संगठनलाई नै जालसाजी गरी आफूलाई फाईदा पुर्यााउने कार्य गरेको खुल्न आएको प्रवक्ता पाण्डेले बताए ।

प्रतिक्रिया